इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ स्थित आर्मी क्याम्प नजिक शनिवार लागूऔषध सहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषध सहित धनकुटा शहिदभुमी-५ खोकु बस्ने बर्ष २० को सन्तप राई, बर्ष २० को अविशेष राई, बर्ष २५ को मौषम राई, धरान १३ बस्ने बर्ष २१ को अजय राई र बर्ष २१ को प्रविण राईलाई पक्राउ गरेको हो । राती सवा ११ बजेको समयमा सडकमा हिडीरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध गाँजा १०० ग्राम, डाईजेपाम २ पत्ता फेला परेपछी नियन्त्रणमा लिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।