उदयपुर/ उदयपुरमा मावन अधिकार र वातावरण विकास केन्द्रको आठौं अधिवेशनले  शङ्कर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष मनिकादेवी दुलाल, कोषाध्यक्ष पूmलकुमारी चौधरी, सचिव उमेशकुमार पाण्डे, सहसचिव जीवनाथ दाहाल र सदस्यहरू श्याम राई, मिरा राई, केशव राई र प्रतिज्ञा बराइली छनोट भएका छन् । समितिको सल्लाहकार संयोजकमा दुर्गाकुमार थापा छन् भने सदस्यहरूमा अम्बिका थापा, खड्गबहादुर परियार, गापी रिजाल र किसमती रसाइली छन् ।

शनिबार सम्पन्न केन्द्रको २० औँ साधारण सभामा हुरेण्डेकका अध्यक्ष दुर्गाकुमार थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन सचिव उमेश पाण्डेले प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमा संयुक्त प्राप्ति तथा भुक्तानी कुल रकम ६ करोड २८ लाख ८७ हजार ७ सय ७७ रुपैयाँ, खर्च ५ करोड ६८ लाख ६८ हजार ८ सय प्रस्तुत गरिएको छ ।

संस्थाले मानव अधिकार र वातावरण सम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।