विराटनगर/ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अघि प्याब्सन मोरङका कोषाध्यक्ष भइसकेका राईले नगरको पहिलो अधिवेशनको निर्वाचनमा ३७ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २९ मत मात्र प्राप्त गरे । निर्वाचनको अन्तिम समयसम्म सहमति जुट्न नसकेपछि प्याब्सन नगरको सोमबार साझ निर्वाचन भएको हो । राई र भट्टराईको दुइवटा प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए । राई समूहका कोषाध्यक्ष बाहेक अधिकाशं पदमा निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा मदरल्याण्ड एकाडेमीका प्रिन्सिपल मोहन बुढाथोकीले फराकिलो मत अन्तरले निर्वाचित भए । उनले ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी दपर्ण स्कूलका गोपाल गेलालले २२ मत प्राप्त गरे । सचिबमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भए । कोषाध्यक्षमा नमुना बोर्डिङ स्कूलका प्रिन्सिपल शिवप्रसाद अधिकारीले १ मत अन्तरले निर्वाचित भए । उनले ३४ मत प्राप्त गर्दा निकटम प्रतिद्धन्द्धी एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिप सेवक बजगाइले ३३ मत प्राप्त गरे । सह–सचिबमा मेरीगोल्ड स्कूलका प्रिन्सिपल नन्दलाल मण्डलले ४३ मत ल्याएर निर्वाचित भए ।

उनका प्रतिस्पधी मार्टस स्कूलका निर्देशक रोशन ठाकुरले २४ मत प्राप्त गरे ।

सदस्यहरुमा हिरा थापाले ४६, पशुराम घिमिरले ३८, कृष्ण श्रेष्ठले ३४, अशोक लामाले ३५, भिम बहादुर राजवंशीले ३२ मत प्राप्त गरि निर्वाचित भए । महिला सदस्यमा मिना आचार्य सर्वसम्मत रुपमा चयन भइन् ।

अन्तिम मत परिणम अध्यक्ष इन्द्रकुमार राई ३७ निर्वाचित अध्यक्ष मदन भट्टराई २९ उपाध्यक्ष मोहन बुढाथोकी ४३ निर्वाचित उपाध्यक्ष गोपाल गेलाल २२ सचिब अर्जुन श्रेष्ठ सर्वसम्मत कोषाध्यक्ष सेवक बजगाई ३३ कोषाध्यक्ष शिव प्रसाद अधिकारी ३४ निर्वाचित सह–सचिब नन्दलाल मण्डल ४३ निर्वाचित सहसचिब रोशन ठाकुर २४ सदस्य हिरा थापा ४६ निर्वाचित सदस्य पर्शुराम घिमिरे ३८ निर्वाचित सदस्य कृष्ण श्रेष्ठ ३४ निर्वाचि सदस्य अशोक लामा ३५ निर्वाचत सदस्य भिज बहादुर राजवंशी ३२ निर्वाचत महिला सदस्य मिना आचार्य सर्वसम्मत सदस्य गोविन्द शाह ३१ सदस्य गोपाल रिजाल ३१ सदस्य इश्वरी प्रसाद मिश्र २८ सदस्य इन्द्र प्रसाद गौतम २५ सदस्य इश्वर राउत २१