इटहरी/ सुनसरीमा ६५ जनाले लाईसेन्स प्राप्त हतियार राख्दै आएका छन् । धेरै लगाडी सरकारको अनुमती लिएर राखेको बन्दुक तथा पेस्तोलहरु सर्वसाधरण तथा नेताहरुले सरकारलाई बुझाएका छैनन् । वर्षेनी नविकरण गरेर घरमै बन्दुक राख्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यलय सुनसरीमा दर्ता भएका तथ्याक अनुसार हतियारधारीहरुमा नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य नरेन्द्र चौधरी देखि काग्रेस सुनसरीका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेतसम्मले लाईसेन्स प्राप्त हतियार घरमा राख्ने गरेका छन् ।

धेरै वर्ष अगाडी ल्याएको बन्दुक अहिले पनि उनीहरुले घरमै राख्ने गरेका हुन ।  जिल्ला प्रशासन कार्यलयले हचुवाको भरमा हतियार राख्न ईजाजतपत्र दिँदा प्रहरीलाई सुरक्षा चुनौती थपिएको छ । २०७४ साल सम्म ६४ वटा हतियार व्यक्तिको नाममा नविकरण भएको जिल्ला प्रशासन कार्यलय सुनसरीका कर्मचारी महेश पोखरेलले बताए ।

उनले भने यो चालु आर्थिक वर्षमा भने १७ बटा मात्र नविकरण भएको छ तर अािर्थक बर्षको अन्त्य सम्म सबै नविकरण हुन्छ ।  हतियार बोक्नेहरुमा इनरुवाका गोपाल कोईराला,इटहरीका हेमनारायण चौधरी, इटहरी ६ का सोभितमान गुरुङ, इटहरी ६ कै इन्द्र लिम्बुले लाईसेन्स प्राप्त हतियार बोक्दै आएका छन ।

त्यस्तै धरान ११ का उपेन्द्रकुमार राई,इटहरीकै किरणकुमार थेबे,धरान ८ का रकमसिंह लिम्बु, धरानकै तिलक कुमार राई गरी ६५ जनाले लाईसेन्स प्राप्त हतियार बोक्लै आएको जिल्ला प्रशासन कार्यलय सुनसरीका कर्मचारी पोखरेलले जनाए ।

पहुच र सोखको कारण पनि लाईसेन्स प्राप्त हतियार विक्रि वितरण सम्म हुने गरेको जिल्ला प्रशासन कार्यलय सुनसरीले बताएको छ ।

हतियार बिक्री वितरण र नामसारी गर्ने कार्य तिव्र गतिमा बढिरहेको पोखरेलको भनाई थियो । जुन व्यक्तिलाई प्रशासनले हतियारको लाईसेन्स दिएको हो सो व्यक्तिले पाँच वर्ष सम्म हतियार नामसारी र बिक्री वितरण गर्न मिल्दैन । गृह प्रशासनले कसैको नाममा हतियार इजाजतपत्र पाएको पाँच वर्ष सम्म अर्को हतियार ल्याउन वा नामसारी गर्नु गैरकानुनी मानेको छ ।

नेपालमा हातहतियारसम्बन्धी प्रचलित कानुनअनुसार प्रक्रिया पुप्याएर सम्बद्ध प्रमुख जिल्ला अधिकारीको आदेशमा इजाजतपत्र हतियार प्राप्त गर्न सकिन्छ । त्यसका लागि जिल्ला सुरक्षा समितिले सिफारिस गर्नुपर्छ ।  गृह मन्त्रालयले त्यसलाई स्वीकृत गर्नुपर्छ ।

वैध हतियार राख्न नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

मानसिक र शारीरिक रुपमा स्वस्थ भएको चिकित्सकको सिफारिस पनि चाहिन्छ । निवेदनमाथि जिल्ला सुरक्षा समितिले अनुसन्धान अगाडि बढाउँछ ।

गृहको तथ्याङ्कमा देशभर पेस्तोल ३ सय १२, रिभल्वर १ सय १८, १२ बोरको बन्दुक १३ हजार ८ सय ९२ , २२ बोरको बन्दुक ४ हजार ६ सय ६१ , भरुवा बन्दुक १२ हजार ९१ , हावादारी बन्दुक १ हजार १० र अन्य २ हजार २ सय ३१ हतियार दर्ता छन् ।