रङ्गेली  । अस्थिर मुल्य र लगानि अनुसारको मुनाफा नभए पछि मोरङका किसानले जुटखेतिबाट हात झिक्ने क्रम निरन्तर बढदो छ । झन्जटीलो जुट खेतीकालागी मजदुर नपाउने भए पछि मोरङ सँगै तराईका अन्य जिल्लामा जुट खेतिको क्षेत्रफल निरन्तर ओरालो लागेको हो । दशक अघि सम्म मोरङ र सुुनसरी जुट खेतिकालागी देशमै अग्रणी जिल्लामा पर्थे । जुट खेतीको फसल उठाउने मुख्य समय साउन अन्तिम देखि असोजसम्म हो । प्रशोधन प्रक्रिया झन्जटिलो र मजदुर अभाव र अस्थिर मुल्यको कारण जुट खेति प्रतिको आकर्षण घटेको किसान बताउ छन् । धनपालथान–७ का किसान सविर आलम साढे तिन विघामा जुुटखेती गर्थे । श्रम र लगानी अनुसारको उचित मुल्य नपाए पछि यसपटक १० कठ्ठामा सिमति भए ।

चार दशक अघि मोरङमा ६० हजारभन्दा बढी हेक्टरमा जुटको खेती हुने गरेको थियो । त्यो घटेर अहिले तिन जिल्ला मोरङ,सुुनसरी र झापामा ८ हजार हेक्टरमा जुटखेती सिमति भएको क्षेत्रिय कृषी निर्देशनालयले जनाएको छ । लामो समय देखी जुुटको मुुल्य स्थिर नहुुनु र मजदुुरको समस्याका कारण जुुटखेतीको क्षेत्रफल घटदै गएको एक नम्वर प्रदेशका क्षेत्रिय कृषि निर्देशनालयका प्रवक्ता राजेन्द्र उप्रेतीले वताए ।

परम्परा र संस्कृतिक प्रयोजनकोलागी पनि कतिपय किसान थोरै भएपनि जुट खेति गर्ने गरेका छन् । जुट खेति र उत्पादन घटेपनि यसको माग अझै पनि छ । सरकारले जुुटको उचित मुुल्य तोके जुुटखेततीप्रती आर्काषण पुनः वढने किसान राम खिलावन मण्डल बताउछन् । विगतमा मोरङबाट जुट भारतका साथै बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो । विराटनगरका जुट मिलमा पनि यहिको जुट प्रयोग हुन्थ्यो । जुट मिल बन्द हुने क्रम सँगै किसान जुट छाडेर अन्य बाली लगाउन थालेका छन् ।