विराटनगर । विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार चौधरी एक महिनादेखी कार्यालयको कामकाज प्रभावित हुने गरि काठमाण्डौमा गएर बसेका छन् ।

उनी भदौ १९ गतेदेखी मन्त्रालयको काम भन्दै कार्यालयको कामकाज लथालिङ्ग छोडेर काज विदा भन्दै काठमाण्डौ गएर बसेका हुन् ।

सुनसरी र मोरङ कार्य क्षेत्र रहेको यस कार्यालयले विभिन्न जिल्लामा लगाएको विकास निमार्णको ठेक्का तथा निर्माण गर्ने जिम्मा पाएको ठेक्दार कम्पनीको ठिलासुस्ती भएको जनगुनासो समेत सुनवाइ सुन्ने प्रमुख नै जिल्ला बाहिर हुँदा समस्या आएको जनप्रतिनधीहरुले बताएका छन् ।

‘धरान उपमहानगरपालिकाको जनप्रतिनधीहरुले यहाँको सडकहरु पुनःनिर्माणमा ढिलाई भएको गुनसो लिएर आउँदा कार्यालय प्रमुख १ महिनादेखी काठमाण्डौमा गएर बसेको पाइयो,’ धरान १३ नम्बर वडा अध्यक्ष नेत्र प्रसाद काफलेले भने । कार्यालय प्रमुख र निमित्त प्रमुख तथा इन्जिनियर दिपक कुमार झा समेत कार्यालयमा नभएको पाएपछि जिल्ला प्रशासन कार्यालय मोरङका साहयक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई घटनाको बारेमा जानकारी गराएका थिए । तत्काल पाण्डेले कार्यालयका हाजिर खाता मगाएर हेर्दा सडक डिभिजन कार्यालयका प्रमुख चौधरी झण्डै १ महिनादेखि हाजिर नभएको खुल्यो ।

साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालय प्रमुख चौधरीलाई फोन गरेर बुझँदा मन्त्रालयको काम भन्दै काठमाण्डौ भएको बताए । ‘कार्यालयको हाजिरखाता हेर्दा लामो समय विदा बसेको देखियो,’ उनले भने, ‘तत्काल कार्यालयमा आएर बस्न निर्देशन दिएको छु ।’ उनका अनुसार सडकका प्रमुख विदा वा काज नमिलाई काठमाण्डौ लामो समय बस्नुको कारणसहित स्पष्टीकरण पेश गर्नुपर्छ । ‘चित्त बुझदो जवाफ र प्रमाण पेश नभए निजामति सेवा ऐनअनुसार कारबाहीको लागि विभागमा पत्र पठाउने छौं,’ उनले भने ।

यता सडक डिभिजनका कार्यालय प्रमुख चौधरीलाई बारम्बार फोन सम्पर्क गरि बुझन खोज्दा उनले फोन उठाएनन् ।

जीर्ण सडक निमार्ण ढिलाई हुदा जनप्रतिनिधी आक्रोशित

धरानको बीच बजार भएर जाने कोशी राजमार्ग ठाउँ–ठाउँमा ठूलो खाल्डो परेर जीर्ण अवस्थामा हुँदा समेत निमार्ण कार्य नभएको भन्दै धरानका जनप्रतिनधीहरु आक्रोशित बनेका छन् । कोशी राजमार्ग अन्गर्त धरान–भेडेटार सडकखण्डको खाल्डाखुल्डी मर्मत नगर्दा दुर्घटनाको अत्यधिक जोखिम बढाएको भन्दी उनीहरु सडक डिभिजन कार्यालय पुगेका थिए । निमार्ण गर्ने जिम्मा पाएको ठेक्दार समयमै काम नगरेको भन्दै उनीहरु आक्रोशित बनेर आइतबार सडक डिभिजन कार्यालय प्रमुखलाई भेटन आएका थिए । तर, एक महिनादेखी प्रमुख काठमाण्डौहुँदा भेटन नसकेको वडा अध्यक्ष काफ्लले बताए । सडक डिभिजन अन्गर्तगको राजमार्ग जीर्ण भएको भन्दै कार्यालयका प्रमुखलाई जानकारी गराउँदा प्रमुख र निमित्त प्रमुखले गैरजिम्मेवार अभिव्यक्ति दिएपछि कार्यालयमा भेटन गएको उनले बताए । ‘कार्यालय आउँदो दुवै जना थिइनन,’ उनले भने, ‘लामो समयदेखी हाजिर नभएको थाहापाएपछि जिल्ला प्रशानलाई कारवाहीको लागि जानकारी गरायौं ।’

सडक डिभिजन कार्यालयमा डेलिकेसन धरानका विभिन्न वडाका वडाअध्यक्ष, सदस्य, जिल्ला ट्राफिक कार्यालका प्रमुख, प्रशानका प्रमुख तथा इन्जिनियरहरुको उपस्थीति रहेको थियो ।