पथरी । इलाका प्रहरी कार्यालय पथरीको कष्टरीमा रहने थुनुवाहरुको लागी दुई दर्जन पुस्तक हस्तान्तरण गरेको छ । थुनुवाहरुको पढ्नेमा बिकास होस भनेर बिभिन्न प्रकारका पुस्तक माउन्ट एभरेष्ट इभेन्टस क्लवले इलाका प्रहरी कार्यालय पथरीलाई हस्तान्तरण गरेको हो । इलाका प्रहरी कार्यालयमा भेटघाट गरी क्लवका अध्यक्ष टेकेन लिम्वुले इलाका प्रहरी कार्यालयका इस्पेक्टर कमल बंजाईलाई पुस्तक हस्तान्तरण गरेका थिए । गत भदौ २२ गते पथरीमा सम्पन्न मेघा लाईभ कन्सर्टको आयोजनामा संकलित केहि रकमले शैक्षिक सामाग्री खरिद गरी हस्तान्तरण गरिएको र कन्सर्टमा उद्घोष गरी गरिएको प्रतिबद्घतालाई पुरा गरेको क्लबका अध्यक्ष टिकेन लिम्बूले बताए । समाजमा घट्ने अपराध बढि जसो अज्ञानताका कारण हुने भएको हुदा उनिहरुको सोचमा परिवर्तन गराउनका लागि पुस्तकले सहयोग गर्ने क्लवका सदस्य सुमन कुरुङवाङले बताए । क्लवले हस्तान्तरण गरेको पुस्तकहरुलाई थुनुवा रहने ठाँउमा लाईब्रेरिको स्थापना गरि उनिहरुलाई ति पुस्तकहरु पढ्ने वातावरण मिलाउने इस्पेक्टर वजगाईले बताए ।