मधुमल्ला । देशका स्थानीय तहका स्वास्थ्य संस्थामा देखीएका बिभिन्न प्रकारका समस्याहरु लाई ब्यबस्थापन गर्दै लैजानु पर्ने देखिन्छ । मानव जिवनमा स्वास्थ्य अत्यावसेक भएता पनि “सरकारी काम कैले जाला घाम” भन्ने प्रबितिले स्थानीय तहका स्वास्थ्य संस्था प्रति जनतामा तिक्तता छाएको छ ।

जसकारण मोटो धनरासि निजि स्वास्थ्य संस्थामा खर्चिन बाध्य छौ । सोहि समस्या लाई मध्यनजर गदै मोरङ जिल्लाका १७ वटा स्थानीय तहका स्वास्थ्य प्रमुख र उपप्रमुखहरुको अन्तर क्रिया मोरङको मिक्लाजुङमा सम्पन्न भएको छ । सोमबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय स्थरमा स्वास्थ्य संस्थामा देखीएका समस्या र तिनका सामधानका उपायहरुको बारे छलफल भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य संयोजक चिन्तामणी पोख्रेलले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिकका अध्यक्ष देवी प्रसाद आचार्यले स्वस्थ्य मानब जिवनको संवेदसिल पाटो भएकाले स्वस्थ्य क्षेत्रमा गाउँपालिका पुर्ण प्रतिबद्ध भएर लागि पर्ने बताए । कार्यक्रममा निक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम मोरङ जिल्ला स्वास्थ्य समन्वय समितिका अध्यक्ष मुरारी आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।