पथरी । संञ्चारकर्मी मुहासिंह थापामगरद्रारा निर्देशित पहिलो म्युजिक भिडियो ‘मेरो मनमा तिमी’ सार्वजानीक भएको छ । पूर्वको बिभिन्न स्थानमा रहेको पर्यटकीय स्थलहरुमा छांयाकन गरिएको म्यूजिक भिडियो मुहा क्रियटिभ स्टुडियोको अफिसियल युट्युवबाट सार्वजानिक गरेको हो । पथरीशनिश्चरे नगरपालिका –३, आइतवारेका युवा गायक तथा संगितकार नन्दु गुरुङको शब्द, संगित र स्वरले भरिएको छ । मुहा क्रिएटिभ स्टुडियोको पोष्ट प्रोड्क्सन रहेको म्युजिक भिडियोमा स्थानिय कलाकार पदम योगि र सन्जना विश्वकर्माको अभिनय रहेको छ । आफ्नो मायालुको सम्झनामा कल्पीयर सृजित भएका शब्दहरुलाई संगितको माध्यमबाट झनै जिवन्त पार्दै भरिएका शब्दहरुमा गुरुङको आफ्नौ बुलन्द आवज र मिठो संगीत दिएका छन् । म्युजिक भिडियोले युवा पुस्ताको माया प्रेमलाई भावनात्मक रुपमा समेट्नुका साथै जसको कलात्मक दृष्यलाई भिडियोमा देख्न सकिने निर्देशक मुहासिंह थापामगरले बताए । म्युजिक भिडियोको कोरियाग्राफी पुजन तामाङले गरेकी छिन् भने भिडियोको एरेन्ज र मिक्सिङ काव्य रेकर्डसका अशोक थापाले गरेका हुन । म्युजिक भिडियोको प्रोड्क्सन भने रुद्रि योगिले गरेका हुन । त्यसैगरि भिडियोको छांयाकन सागर पौडेल र नगेन धिमालले गरेका छन् । प्रथम म्यूजिक भिडियो आसलाग्दो भएकोले क्रमश यसलाई निरन्तरा दिर्दै जाने निर्देशक मगरले बताए ।