बिर्तामोड(ब्लाष्ट) झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल बर्षाले विथोलिदिदा खुकुरी क्रिकेट एकाडेमी भैरहवालाई फाइदा पुगेको छ । आजको जितसगै भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ । बर्षाले विथोलिएको खेलमा २ ओभर बाकी छदै डिएल मेथड अनुसार भैरहवाले उदयपुर क्रिकेट एकाडेमीलाई ३ रनले हराएको हो । पहिले टस जितेर ब्याटिङ्ग रोजेको उदयपुर क्रिकेट एकाडेमीले सबै विकेट गुमाउदै ११० रनको मध्यम स्तरको रन जोडेको थियो । उदयपुरका लागि राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका सोनु अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिए । उदयपुरका अर्का ब्याटम्यान सहिदुला अन्सारीले २२ रन जोडेपनि बाकी खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । भैरहवाका तर्फबाट अजय लोनियाले सर्बाधिक ४ विकेट लिन सफल भए । लोनिया खेलको म्यान अफ द म्याच समेत भएका थिए । भैरहवाको तफबाट रमेश कुर्मी र मनबहादुर थापाले समान २/२ विकेट लिएका थिए । यता १११ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले १८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेपछि बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भैरहवा डिएल मेथड अनुसार विजयी भएको हो । बर्षाले खेल रोकिनु अघि भैरहवाका खेलाडीहरु संदिप रसाइलीले ३८ तथा मिर्निल गुरुङ्गले ३२ रन जोडेका थिए । उदयपुरका खेलाडी विधान गोश्वामीले ३ विकेट लिएका थिए । आजको खेलसगै प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएको छ । मंगलवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र युथ क्रिकेट एकाडेमी राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए । तस्वीर ः खुकुरी क्रिकेट एकाडेमी भैरहवाका खेलाडी रन लिदै ब्याटिङ्ग गर्दै र म्यान अफ द म्याच लिदै भैरहवाका खेलाडी अजय लोनिया