पाँचथर । देशब्यापी रुपमा महिला र बालबालिकामाथि हिंशा र बलात्कारका घटना बढेको भन्दै सोमबार अन्तरपार्टी महिला सञ्जाल पाँचथर र महिला स्रोतकेन्द्र समूहले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका हुन् । ज्ञापन–पत्र मार्फत् पछिल्लो समय महिला र बालबालिकामाथि अस्वभाविक रुपमा बलात्कार र हिंशाका घटना बढेकाले यसको रोकथामको लागि गम्भिर भएर कदम चाल्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना बितिसक्दा पनि पीडक पत्ता नलाग्नुले सार्वजनिक पद धारण गरेका व्यक्ति र राज्यले नै अपराधीलाई संरक्षण गर्न खोजेको आशंका बढेको ज्ञापन–पत्रमा उल्लेख छ । अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष गीता घिमिरे, सचिव गंगा श्रेष्ठ र महिला स्रोत केन्द्र समूहकी संयोजक धनकुमारी लिम्बू द्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा निर्मला पन्त लगायतक अन्य बालबालिका र महिलामाथि बलात्कार र हिंशामा संलग्न अपराधीलाई कुनै हालतमा पनि उन्मुक्ति नदिन आग्रह गरिएको छ ।