पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा एक महिलालाई मार्ने धम्कि दिएर बलात्कार गरिएको छ । बलात्कार आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजमाथि असोज ३ गते राती श्रीमान नभएको मौका छोपि ३५ बर्षिया महिलालाई मार्ने धम्कि दिएर बलात्कार गरेको आरोप छ । आफू नभएको समयमा श्रीमतिलाई धम्कि दिइ बलात्कार गरेको पीडित महिलाका श्रीमानको भनाई छ ।

महिलाका श्रीमानले दिएको उजुरीको आधारमा आरोपी युवकलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताए ।