इटहरी / प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले इटहरीमा नवनिर्मित सेन्ट्रल प्लाजा भवन उद्घाटन गरेका छन ।सोमबार नीजि ब्यवसायीद्धारा निर्मित सेन्ट्रल प्लाजा भवनको उद्घाटनपछि बोल्दै मुख्य मन्त्री राईले ब्यावसायीकै कारण विकास भईरहेको बताएका थिए । इटहरीका ब्यवसायी राजेश श्रेष्ठको झण्डै ५० करोड बढि लागतमा निर्मित भवनको उद्घाटन भएको हो । मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामका विषयमा चाडै नै टुङ्गोमा लाग्ने समेत बताएका थिए । एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता राजिव कोईरालाले प्रदेश एकको केन्द्रबिन्दुमा प्लाजा थपिनु आफैमा राम्रो भएका बताएका थिए । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सासद सर्वध्वज साँवा लगायतका बक्ताहरुले बोलेका थिए ।

निर्मलाको न्याय माग्दै नेविसंघ इटहरी नेपाल विद्यार्थी संघ जनता बह्मुखी क्याम्पस इटहरी एकाई समितिले निर्मला पन्तको हत्यारा पत्ता लगाउँन ढिला गरेको भन्दै सरकार विरूद्ध विरोध प्रर्दशन गरेको छ । प्ले कार्ड सहितको नारा जुलुस गर्दै विद्यार्थी नेताहरुद्वारा क्याम्पसको प्राङ्गणदेखि शुरू भएको विरोध जुलुस राजमार्गमा आएर कोणसभामा परिणत भएको थियो । सडकबाट सिंहदरबार सम्म आउन बाध्य नपारियोस,बलात्कारीलाई संरक्षण हैन,कारबाही गर भन्दै प्रर्दशन गरेका थिए । विद्यार्थी नेताहरू विक्रम घिमिरे, विनोद खड्का लगायतले सरकारको आलोचना गरेका थिए ।