[caption id="attachment_95279" align="alignnone" width="1440"] प्रतियोगिताबारे जानारी दिदै ।[/caption]

विराटनगर /प्रदेश नम्बर १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लबको आयोजनामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता स्थानिय सहिद रंगशालामा यही असोज २० गतेदेखि हुने भएको हो ।

आयोजक समितले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशिको प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको क्बलका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।

‘उमेर ढल्किँदै जाँदा शारीरिक व्यायम नगर्ने हाम्रो बानी छ,’ अध्यक्ष धमलाले भने, ‘स्वास्थ्य समाज निर्माण गर्न भेट्रान फुटबल गर्न लागेका हौं ।’ यस्ता खेलकुद गतिविधि गर्नाले सबै उमेर समूहका व्यक्तिको दैनिक शारीरिक व्यायम हुन्छ र निरोगी बन्छन् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको उनले बताए ।

‘पछिल्लो समय नेपालमा भेट्रान खेलप्रति आकर्षण बढ्दो रहेकोले पनि प्रतियोगिता गर्न लागेका हौं,’ धमलाले भने, ‘अगामि वर्ष हुने भेट्रान प्रतियोगितामा हामी भारतबाट भेट्रानको राम्रो टिम ल्याउने छौं ।’ यस प्रतियोगितामा खेल्ने ११ खेलाडीमध्ये ३६ वर्षका २ जना, ३८ वर्षका ५ र ४० वर्षका ४ जना खेल्ने छन् ।

‘प्रतियोगिता असोज २० देखि २७ गतेसम्म हुनेछ,’ धमलाले भने, ‘हामीले खेलाडीको उमेर खुल्ने परिचयपत्रको मुख्य आधार मतदाता परिचयपत्रलाई लिएका छौं ।’

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहन ेछ । प्रतियोगितामा विराटनगरका आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोडा भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रनज क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । गतवर्ष यस प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार रहेको छ ।