वि.सं. २०७५ साल असोज ८ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर २४ तारिख। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि फाइदै हुनेछ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) आहारविहारमा ध्यान पुर्याउनुहोला। कम महत्त्वका काममा समय बित्नेछ। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) नयाँ कामको थालनी गर्ने समय छ। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) सुखद् समाचारले उत्साह जगाउनेछ। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।