धनकुटा/ धनकुटा नगरपालिका वडा नं.९ स्थित सिसिरे भीर नजिकबाट गए राति ९ बजे प्रहरीले विशेष सुराकी आधारमा ५ केजी गाजा सहित प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा बोकेर बिक्रिको लागि लैजादै गर्दा शहिदभूमि गाउँपालिका–९ का २५ वर्षिय नविन राई र २१ वर्षिय समित राईलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मुलघाटस्थित प्रहरी चौकीबाट असई राजेश श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रातिको समय लुकाई छिपाई गाजा बिक्रि गर्ने उद्धेश्यले लैजादै गरेको विशेष सुराकीका आधारमा बरामत गरिएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ्गले जानकारी दिएका छन् । पक्राउ गरिएका दुवैलाई लागु औषध ऐन २०३३ अन्तर्गत मुद्धा अघि बढाईने गुरुङ्गले बताए ।