भद्रपुर । तास खेलिरहेको अवस्थामा ७७ हजार ३ सय ८० रुपैयाँ नगदसहित १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका १० का नारायण गुरुङ्को घरमा तास खेली रहेको भन्ने बिशेष सूचनाको आधारमा आइतबार साँझ गएको प्रहरी टोलीले तास खेलिरहेका १२ जना मानिसलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुको साथबाट नगद, १२ थान मोवाइल र तास ६ बुक समेत बरामद गरेको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनिहरुलाइ सोमबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी नाम सार्वजानिक गरिने डिएसपी बस्नेतको भनाइ छ । पक्राउ परेकालाइ जुवा ऐन अन्र्तगत कारबाही हुने उनले जनाए । चाडपर्व आएसगै र व्यवसायिक रुपमा झापाका मुख्य स्थान चन्द्रगढी, भद्रपुर बजार, विर्तामोड लगायतका क्षेत्रमा जुवाजन्य खेलहरु हुने गरेको स्थानीयले जनाएका छन् । जुवाजन्यमा लत बसेका कारण धेरैको घरबार भत्किएको पीडितले जनाएका छन् । त्यसैगरी झापाका विभिन्न क्षेत्रबाट अवैध चोरी निकासी तथा पैठारी गरेको २ लाख मूल्य बराबरको विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ । बरामद सामग्रीमा कपडा, सुपाडी लगायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामग्रीलाइआवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।