[caption id="attachment_95218" align="aligncenter" width="800"] सांकेतिक तस्विर[/caption]

काठमाडौँ/नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँको टीका लगाउने साइत ९ बजेर ५१ मिनेट रहेको बताएको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको समेत बताइएको छ ।

नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्मको साइत निकालेको निर्णायक समितिले विभिन्न साइत सार्वजनिक गरेको छ ।

यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।