श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज ७ गते आइतबार, २३ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र ६० घडी, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा २२ः१९ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय सामान्यखालको छ । सोचेको काम सहजै सम्पन्न नहोला । दाम्पत्य जीवनमा केही समस्या देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विवेक र बुद्धिको प्रयोग गर्नसके काममा सफलता मिल्नेछ । नया“ कामको थालनी गर्ने सोचमै सीमित रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दिनको पूवराद्र्धभन्दा उत्तराद्र्धमा धन खर्च बढेर जाला । मिष्ठान्न भोजनको योग देखिन्छ । आय आर्जनको बाटो खुल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विश्वास गरेका व्यक्तिबाट धोका होला । अनुशासित हुन नसक्दा राम्रो काम हात नलाग्न सक्छ । यात्रा सफल होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मानुुशासित भई कार्य गरेमा सफलता हात लाग्नेछ । विपरीत परिणाम आउन सक्ला । धैर्य गर्नु होला । फलदायी यात्राको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक झै–झगडा हुनसक्छ । वाद–विवादमा नबोलेकै राम्रो हुनेछ । पठन–पाठनमा रुची बढेर जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) माङ्गलिक कार्यमा सफलता प्राप्त हुनेछ । नया“–नया“ साथी बन्लान् । प्रेममा सफलता प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पेट तथा छातीसम्बन्धी समस्याले सताउला । अरुलाई विश्वास गर्नाले धोका हुने देखिन्छ । समय मध्यम्खालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दाम, मान, प्रतिष्ठा कमाउने बेला आएको छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । समय उत्तम देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय सामान्यखालको छ । आफूले सोचे जस्तो दिन नहोला । अरुको भर पर्दा धोका पाइएला । फलदायी यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरमा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक कारोबारमा मन्दी आउने देखिन्छ । समय मध्यम्खालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रमणीय यात्राको योग देखिन्छ । दैनिक कार्यमा सफलता मिल्ला । व्यवसायिक सन्तुष्टि प्राप्त होला । प्रेममा सफलता मिल्नेछ ।