मधुमल्ला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ ले स्थानयिलाई पायक पर्ने गरी चुलाचुली–६ को तोरीबारी बेल चोकमा वडा सम्पर्क कार्यालय स्थापना गरेको छ । चुलाचुली गाउँपालिका वडा नं.–६ भौगोलिक रुपले बिकट रहेकाले स्थानी जनतालाई पायक पर्ने गरी बेलचोकमा वडा सम्पर्क कार्यलय स्थापना गरेको वडाध्यक्ष हेमन्त राईले बताए । कुल ३७.६ बर्ग किमी क्षेत्रफल रहेको ६ नं. वडाको कुल जनसंख्या ४१०० रहेको वडा सचिब रबिन दाहालले बताए । भौगोली बिटताकै कारण फुङ्नाममा समेत सम्पर्क कार्यालय संचालन गरीएको दाहालले बताए । वडको मुख्य कार्यालय भने चुलाचुली ६ दसमी मा रहेको र सम्पर्क कार्यलयमा पनी पालो गरेर महिनामा ७÷७ दिन पालो गरेर सेवा ग्राहीलाई सेवा दिदै आएका सचिब दाहालले बताए । यस्तै वडा कार्यलयले बिहिबार नै यस आ.ब.को योजनाहरुको सार्बनिकरण समेत पनी गरेको छ । ६ नं. वडा साबिक साकफाराको सिङ्गो गा.वि.स. लाई यो बर्ष शाना ठुला गरी ४२ वटा योजनालाई कुल ८० लख रकम बिनीयोजन भएको छ ।