इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका- २ स्थित पानीपियामा शक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजको श्रीमती बर्ष ५२ की मन कुमारी राई लगायत छोरा, बुहारी, नाती-नातिनी लगायत १२ जना बिरामी परेका हुन् ।

बिरामी सबै जनालाई उपचारको लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।