मधुमल्ला/ मिक्लाजुङ साहित्य समाज मोरङको आयोजना सिर्जना अनावरणको चौंथो सृङ्खला सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ ७ मधुमल्लामा अवस्थित लेखनाथ पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा साहित्यकार हरु बिन्दु दाहाल (मुकदर्शक) र तारा दिपशाली राईका सृजना कविता तथा गजलहरुको बाचन गरिएको थियो ।

कार्यक्रममा झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा, पाँचथर र तेह्रथुमका गरी ६० बढी कवि तथा साहित्यकाहरुको उपस्थिती रहेको मिक्लाजुङ साहित्य समाजका कोषाध्यक्ष रुद्र भण्डारी (धुलो)ले बताए । कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कबि तथा साहित्यकार इरान राई (सेवक)को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

मिक्लाजुङ गा.पा. का अध्यक्ष देवी प्रसाद आचार्यले शिक्षाको एउटा महत्वपुर्ण पाटो साहित्य भएकाले कबि तथा श्रष्टाहरुलाई प्रोत्साहन गर्ने कार्यमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

साहित्य समाजका सचिब गगन योक्पान्देनले संचालन गरेको कार्यक्रमको अध्यक्षता सहित्य समाजका अध्यक्ष कमल मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।