यासोक/भवनको आसपासमा फोहोरको डङगुर छ । रुख, बुट्यानले सबै तिर ढाकेको छ । झयाल र ढोकाहरु भत्किने अबस्थामा पुगेको छ । पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा रहेको अमृत अधारभुत बिद्यालयको दृश्य हो यो, २०४१ सालमा निर्माण भएको ३ कोठे भवन बिद्यालय प्रसाशनको बेवास्ताका कारण जीर्ण भएको हो ।

गाउँपालिका केन्द्रमा लाखै रुपयाँ पर्ने भवनलाई बिद्यालयले चासो नदिदा अहिले बाख्रा बाध्ने खोर जस्तै भएको छ । स्थानीयले छाडा छोडेका बाख्रा पानी पर्दा बिद्यालयको क्वाटरमै बाँँध्ने गरेको छन् ।

नाम नबताउँने सर्तमा सोही बिद्यालयका एक शिक्षकले भने् । ‘आफुले बिद्यालयको सम्पतीलाई संरक्षण गर्नुपर्छ भन्दै लामो समयदेखि आवाज उठाउँदै आएपनि बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रसाशनले चासो नदिदा यस्तो अबस्थामा पुगेको बताए । उनले बिद्यालयको आय–ब्याय अन्य बिवरणहरु पनि प्र.अले शिक्षकहरुलाई सार्वजनिक नगर्ने गरेको आरोप लगाएका छन । कुम्मायक गाउँपालिकाको केन्द्रमा ६ रोपनी ४ आना जग्गामा फैलिएको बिद्यालयको आम्दानी ठुलो छ । अन्य बिद्यालयको तुलनामा बिद्यालयको चलअचल संम्पती करोडको हाराहारीमा छ ।

२०४० सालदेखि २० हजार रकम अक्षयकोष मार्फत बिद्यालयले आफ्नो खातामा राखेको छ । त्यस्तै, सुसाङमा फेवादीनको स्मृतिमा ३ लाख अक्षयकोष छ । सोही अक्षयकोषको रकमबाट कक्षा १–५ का उकृष्ठ अंक ल्याउने बिद्यार्थी, दलित र बिपन्नलाई छात्रबृति प्रदान गर्दै आएको छ । बिद्यालयको भवनभाडामा लिएको नेपाल टेलिकमले मासिक ४ हजारको दरले रकम बुझाउँदै आएको छ । आम्दानीको श्रोतलाई सही सदुपयोग गर्न नसकेको बिद्यालयले आफ्नै क्वाटरलाई संरक्षण गर्न सकिरहेको छैन । यता बिद्यालयका प्र.अ तेजकुमार श्रेष्ठले बिद्यालयको क्वाटरलाई संरक्षण गर्न नसकेको स्वुईकार छन् ।

उनले स्थानीयले भवनमा बाख्रा बाध्ने, फोहोर गर्ने जस्ता कृयाकलावलाई बिद्यालयले नियन्त्रण गर्न नसकेको बताए । उक्त भवन अहिले गोदाम घर जस्तै भएको छ । खानेपानी योजनाको काम गर्दै आएको निर्माण कम्पनीले निर्माणका सामाग्री राख्दै आएको छ । एउटा सामान्य कोठालाई १ हजारदेखि २ हजारसम्म पाउँनै गाह्रो पर्ने बजारमा ३ वटा कोठा भाडामा लगाएको बिद्यालयले मासिक १ हजार ५ पाँचसय रुपयाँ लिदै आएको छ । २०६६ सालमा प्रहरी चौकी सोही भवनमा राखिएको थियो ।

सरसफाई र मर्मत सम्हारले सुन्दर भएको भवन अहिले निर्माणका सामाग्री राख्ने गोदाम घर भएको छ । भवनको संरक्षण गर्न चासो नदिएको बिद्यालय प्रसाशनले स्थानीयलाई दोष लगाउँदै आएको छ ।