रङ्गेली/मंसिर १४ र १५ गते विराटनगरमा ५ औं मिस्टर मोरङ शारिरिक सुगठन प्रतियोगीता हुने भएको छ । नेपाल बडिविल्डीङ तथा फिटनेस संघ मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम खडकाले प्रतियोगीतामा ४० देखि ५० खेलाडीको सहभागिता रहने बताए ।

विभिन्न ५ वटा तौल समुहमा खेलाईने प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई १ लाख २५ हजार बराबरको पुरस्कार प्रदन गरिने अध्यक्ष खड्काले बताए । संघका सचिव सन्तोष न्यौपानेले मोरङमा १० हजार भन्दा बढी बडीबिल्डीङ खेलमा सहभागी रहेको बताए ।जस मध्ये २५ भन्दा बढी खेलाडीहरुले विभिन्न शैक्षीक संस्था तथा व्ययामशालाहरुमा काम गरेर जिविन यापन गरिरहेको जानकारी दिए ।

प्रतियोगीतामा देश भरीका खेलाडीहरु सहभागीता हुने भएको छ । प्रतियोगीतालाई भव्यरुपमा सम्पन्न बनाउन तयारी सुरु भइसकेको सचिव न्यौपानले बताए ।

पछिल्लो समय शरिरलाई तन्दरुस्त राख्न बडीबिल्डीङ तथा फिटनेस व्ययाम प्रति निजि क्षेत्रले मोटो रकम लागानी गरेको छ । देशकै प्रतिष्ठीत गोल्छा अर्गनाइजेसनले विराटनगरमा हुलास वेलनेस फिटनेस सेन्टर,चन्द्रशेखर धाडेवाले विराटनगरमा सुविधा सम्पन्न व्ययामशाला संचानमा ल्याएको छ ।

मसिंर १४ र १५ गते हुने प्रतियोगीता विराटनगरको विरेन्द्र सभागृहमा हुदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायकहरु सहभागितामा सम्पन्न हुने प्रतियोगीता सम्पन्न गर्न ३ लाख ५० हजार खर्च लाग्ने आयोजकले जानकारी गराएको छ ।