बिर्तामोड/ झापाको सुरुङ्गामा शुक्रवारदेखि प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको शुरु भएको छ । शुक्रवार आज भएको उद्घाटन खेलमा आयोजक ह्वाइट वास क्रिकेट क्लव कनकाई सुरुङ्गाले लालीगुराश क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको छ ।

अघिल्लो दिनको वर्षातका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको लाली गुरास टिमले ६३ रनमा अलआउट भएको थियो । लालीगुरासका तर्फबाट शिव रौनियारले सर्वाधिक १७ रन जोडेका थिए भने बाकी ब्याटम्यानले दोहारो रनको योगफल जोड्न सकेनन ।

यता आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गाकाबाट खेलेका राष्ट्रिय टिमका १६ बर्ष मुनिका उमेर समुहका खेलाडी समेत रहेका दिपेश कडेँलले एक्लैले ४ विकेट लिएका थिए । प्रतियोगितामा कडेँल म्यान अफ द म्याच भए । यता आयोजकका तर्फबाट संदिप ढुङ्गानाले २२ तथा अंकित सुवेदीले १६ रन जोडे । आयोजक टिमले ९ ओभर १ वलमै ६६ रन जोडेर जित निकालेको थियो ।

कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । शनिवारको दोस्रो दिनको खेल युनाइटेड क्रिकेट क्लव विर्तामोड र विराटनगरविच हुने खेल संयोजक प्रदिप गजमेरले बताए ।

प्रतियोगिताामा प्रथम तथा द्धितिय हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार रुपैँया र ट्रफि पाउने छ । प्रतियोगितामा विराटनगर , उदयपुर , भैरहवा , राजविराज लगायातका ८ टिमको सहभागिता रहेको छ ।