मधुमल्ला /मोरङ मिक्लाजुङ ८ का प्रज्वल खडका १४ बर्षकै उमेरमा चित्रकलाका शिल्पी बने । मधुमल्लास्थित क्लासिकल बोर्डिङमा कक्षा ८ मा अध्यनरत प्रज्वल विध्यालय छुट्टी हुनासाथ चित्र कोर्नमै तल्लिन रहन्छन ।

हातमा पेन्सिल लिएर ड्रेइङमा जोतिने उनले निकै मिहिनेतले चित्रतयार पार्छन् । पेन्सिलमात्रै नभएर बिभिन्न रङमा पनि खेल्न सिपालु छन् । उनका सिर्जनामा अक्सर वाताबरण छुट्दैन । खोलानाला, हिमाल, पहाड र वन पर्यावरण का प्राकृतिक छटालाई झल्काउछन् । जनावर, देवीदेवता र चर्चित ब्यक्तिका चेहेरालाई दुरुस्तै उतार्छन् ।

यी चित्रका पृष्ठभुमिमा पनि वातावरणीय प्रभाव छुट्दैनन् । किन त ? प्रज्वल भन्छन् कलाकारलाई कला पारखीहरुले चित्रका कारण नभएर बिम्बले चिन्ने भएकाले त्यसो गरेको हुँ । उनले प्रसिद्ध चित्रकार बात्सायनको सिर्जनामा काग र शशी शाहको सिर्जनामा घोडा हुने उदाहरण पनि दिन भ्याए ।

सानै उमेर भएपनि उनमा चित्रकलाका हस्तीहरु बारे थोरबहुत ज्ञान रहेछ । एक वर्षअघि पूर्वी मोरङका नीजि विध्यालयहरुको संङगठन कोप्याब्सले जिल्ला स्तरीय चित्रकला स्पर्धा आयोजना गर्यो, प्रज्वल छुट्ने कुरै थिएन । विध्यालयले उनलाई नै सिफारिस गर्यो, जसै उनको सिर्जनाले वाहवाही पायो ।

प्रतियोगितामा दुई दर्जन सहभागीलाई उछिनेर प्रज्वलले उपाधि चुमे । हालै कोप्याब्सले नै आयोजना गरेको चित्रकला प्रतियोगितामा भने प्रज्वललृे तेस्रो स्थानमै चित्त बुझाए । हालसम्म १५ वटाजति प्रतियोगितामा भाग लिइसकेका प्रज्वलले एकाध बाहेक सबै स्पर्धामा पुरस्कार थापेको सुनाए । भन्छन्, पुरस्कारको लागि भन्दापनि अरुलाई कला देखाउन पाँउदा खुशी लाग्छ ।

यस्तै, भर्खरै मात्र पुस्तकालय दिवसका अवसरमा लेखनाथ पुस्तकालय मधुमल्लाले आयोजना गरेको मिक्लाजुङ स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा पनि प्रज्वलले नै उपाधि हात पारे । ब्लाष्ट किड्स क्लासिकल का अध्यक्ष समेत रहेका प्रज्वल मिक्लाजुङका १६ वटा विद्यालयका सहभागीभन्दा उनी नै अब्बल दरिए ।

उनको सिर्जना देखेर धेरै जना चकित बनेको अहिले पढाईमा जोड गर भनेका छौ, प्रज्वलकी आमा भुमिका खड्काले भनिन् उच्च शिक्षापछि ललित कलाको कोर्ष लिन प्रेरित गर्छौ ।