पारस मणी यादव

सञ्चालक गिरीधर इन्टरप्राइजेज इनरुवा

आज भोली के मा व्यस्त हुनुहुन्छ ? म लामो समयदेखि मोटर साइकल शो रुपमा सञ्चालन गर्दै आएको छु । अहिले शंकर ग्रुपको जगदम्बा मोटर्स प्रालिको आधिकारिक विक्रेता गिरीधर इन्टर प्राइजेज मार्फत टी भी एस कम्पनीका मोटरसाइकलहरु विक्री गर्दै आएको छ । कहिलेदेखि टीभीएस मोटरसाइकल विक्री गर्दै हुनुहुन्छ ? भर्खरै मैले यो कम्पनीका मोटरसाइकल विक्री गर्दै आएको हो । यस भन्दा अघि मैले इनरुवामा एम एण्ड डब्लु इन्टरप्राइजेज मार्फत यमाहा कम्पनीका मोटरसाइकल विक्री गर्दै आएको थिएँ । अहिले आएर शंकर ग्रुपको जगदम्वा मोटर्स प्रालि आधिकारिक विक्रेता रहेको टीभीएस कम्पनीका मोटरसाइकल विक्री गर्दै आएको छु । यमाहाको छाडेर टीभीएसमा किन आउनु भयो ? पहिलो कुरा त यमाहा कम्पनीले आम ग्राहकको रोजाईको मोटरसाइकल पाउन सकिएन । टीभी एस कम्पनीका मोटरसाइकल पछिल्लो समय लक्जरीयर्स तथा अत्यावश्यक आवश्यक्ताको हिसावले उपयुक्त हुने विभिन्न मोडलमा मोटरसाइलक तथा स्कुटर उपलब्ध रहेका छन् । व्यवसायिकतालाई थप विस्तार गर्ने उदेश्यले यो अर्को कम्पनीमा प्रवेश गरेको हो । टीभी एस मोटरसाइकलमा त्यस्ता बढी सुविधा के छन् ? हामीसँग लक्जरियर्स मोटरसाइकल देखि सामान्य व्यवसायिक दथा दैनिक रोजगारी गरेर जिविको पार्जन गर्नेहरुको लागि कम्फरटेवल हुने खालका मोटरसाइकल उपलब्ध छन् । हामीसँग स्कुटर पनि विभिन्न मोडलमा उपलब्ध छन् । बाइक रेसमा उत्कृष्ट भएको इन्जीनबाट बनेका यी मोटरसाइकलहरु धेरैको रोजाईमा पर्ने गरेका छन् । हाम्रा मोटरसाइकल चोरी भए भने पनि जीपीएस मार्फत चोरले आफ्नो स्कुटर तथा मोटरसाइकल कहाँ लग्यो भन्ने सम्मको थाहा हुने खालको क्लिप जडान भएको छ । टीभीएस कम्पनीका मोटरसाइकलमा त्यो बाहेक धेरै खालका सुविधाहरु छन् । गरिव भन्दा गरिवहरुको लागि पनि उपयुक्त हुने एक लाख १२ हजार नौ सय रुपैयाँदेखि सुविधा युक्त लक्जरियर्स ९ लाख रुपैयाँ सम्मका मोटरसाइकलहरु हाम्रो शो रुममा उपलब्ध छन् । टी भी एस कम्पनीका मोटरसाइकल र स्कुटर सबै वर्गलाई हुने खालका विभिन्न मोडलमा उपलब्ध रहेका छन् । उत्कृष्ट माइलेज रहेका मोटरसाइकलहरु भएकोले पनि धेरैको रोजाईमा पर्ने गरेका छन् । टीभीएसमा अन्य कम्पनीमा नभएका ६ वटा थप विशेषता भएका गाडीहरु रहेका छन् । रेस्लीङको टायर लगाइएको छ । पाट्र्समा कुनै समस्या छैन । तपाईहरुले दिने सुविधा चै के के छन् ? हामीले दशैं, तिहार र छटसम्म कम्पनीबाटै ७ हजार रुपैयाँ सम्म छुट । प्रत्येक दिन १० जना १० हजार रुपैयाँ, प्रत्येक महिना एक जनालाई एक लाख रुपैयाँ कम्पनीलेनै देश व्यापी स्कीम ल्याएको छ । त्यसको साथै हाम्रो कम्पनीका तर्फबाट हेलमेट, लेग गार्ड लगायतका सुविधाहरु दिने गरेका छौं । पहिला यो सम्पनीका पार्टस्हरु पाउन पनि गाह्रो हुन्थ्यो । तर, अहिले यो समस्या छैन । जुनसुकै पार्टस्हरु हामीले २४ घण्टा भित्र उपलब्ध गराउने छौं । अन्त्यमा केही भन्नु छ इनरुवामा असोज १ गतेबाट इनरुवमा यसको विक्री शूरु गरका हौं । त्यसै दिन हामीले २८÷२९ वटा मोटरसाइकल विक्री ग¥यौं । अहिले पनि १०÷१२ वटा मोटरसाइल बुक भइसकेका छन् हामीले दिन सकेका छैनौं । जे होस् युवाको आकर्षण रहेका छ । पहिलो दुई वटा ग्रुपले यो मोटरसाइकल नेपालमा विक्री गर्दै आएको थियो । अहिले शंकर गु्रपको जगदम्बा मोटर्स प्रालिले एक लौटी रुपमा विक्री गर्दै आएको छ । जसले गर्दा पार्टस्हरुको कुनै समस्या छैन ।