धरान । नेपाल कम्यूनिष्ट पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको चयन गरेको छ । जस अन्तर्गत प्रदेश १ इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सह–इन्चार्ज साबित्री कुमार काफ्ले र सचिब सुरेश बहादुर राईलाई चयन गरेको हो । प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल र सह इन्चार्जमा विश्वनाथ साह छन् भने अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेलले चयन भएका छन् । प्रदेश ३ इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सह-इन्चार्जमा नारायण दाहाललार्इ ताेकिएकाे छ, अध्यक्षमा हितराज तामाङ र सचिवमा आनन्द पोखरेल छन् ।

गण्डकी प्रदेश इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र सह-इन्चार्ज खगराज अधिकारी ताेकिएका छन्, अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले जिम्मेवारी पाएका छन् । प्रदेश ५ इन्चार्जमा शंकर पोखरेल र सह-इन्चार्ज दलबहादुर राना मगर छन् भने अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगतप्रसाद शर्मा चयन भएका छन् । कर्णाली प्रदेश इच्चार्जमा जनार्दन शर्मा र सह-इन्चार्ज यमलाल कँडेललार्इ जिम्मेवारी दिइएकाे छ भने अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्मालार्इ जिम्मेवारी दिएकाे छ ।

प्रदेश ७ इन्चार्जमा भीम रावल र सह-इन्चार्ज लक्ष्मीदत्त जोशी छन् भने अध्यक्षमा कर्ण थापा र सचिवमा सिंहराज चौधरी (नेपबहादुर) ले जिम्मेवारी पाएको नेकपाले जनाएकाे छ । यद्यपी ६ नं. प्रदेशकाे सचिवकाे जिम्मेवारी पाएका माया प्रसाद शर्माले अाफु सचिव पदमा नरहेकाे जानकारी फेसबुकबाट दिएका छन् ।