२०७५ सर्वाधिक धेरै पाँच पटकको बेलोन डि ओर अवार्ड विजेता लियोनेल मेसी यो पटक फिफा अवार्डमा पाहुनाको रुपमा उपस्थित हुँदैछन्।

अघिल्लो सिजन उनी अवार्ड जित्ने या नजित्ने सहभागी खेलाडीको रुपमा उपस्थित हुने गरे पनि यो पटक मेसी विना दबाब अवार्ड समारोहमा उपस्थित हुने छन्।

यो पटक शीर्ष तीनमा पर्न असफल भए पनि मेसीले फिफाको प्रस्तावलाई स्वीकारेको एजेन्सीहरूले जनाएका छन्।

सोमबार हुने अवार्ड समारोहमा उनलाई उपस्थित हुन फिफाले आग्रह गरेको छ। वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिच र मोहम्मद सलाह रहेका छन्।