श्रीलंकाका हिन्दू मन्दिरमा पशुबलि लिन प्रतिबन्ध लगाइने भएको छ । त्यहाँको मन्त्रिपरिषद्ले बुधवार यो प्रस्तावलाई स्वीकृति दिएको छ । प्रस्तावमा पूजाका प्राचीन तरिकामा प्रतिबन्ध लगाइने कानून बनाउने प्रावधान छ । हिन्दू समुदायले बलिलाई दण्डनीय अपराध बनाउनका लागि आह्वान गरेको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको अध्यक्षता रहेको मन्त्रिपरिषद्ले उत्तरी विकास तथा धार्मिक मामिलामन्त्री डीएम स्वामीनाथनले सुम्पेको प्रस्तावलाई स्वीकृति दिएका हुन् । सरकारी स्वामित्व रहेको समाचारपत्र डेली न्युजमा हिन्दू सांस्कृतिक मामिलाका निर्देशक उमा महेश्वरनलाई उद्धृत गर्दै यस कानूनबाट हिन्दू मन्दिरहरूमा बोका, चरा लगायतको बलि दिन प्रतिबन्ध लगाइएको छ । उनका अनुसार, मन्त्रिपरिषद्ले प्रस्ताव गरेको मस्यौदा कानूनमा अन्तिम सहमतिका लागि कानून मस्यौदा विभाग पठाइनेछ । त्यसपछि यसलाई महान्यायाधिवक्ताकहाँ पठाइन्छ र राजपत्रमा प्रकाशित गरिन्छ । संसद्ले पारित गरेपछि यो कानून लागू हुन्छ । एजेन्सी