धरान । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले तिनै तहका सरकारको ध्यान भौतिक तथा सामाजिक विकासमा जानु पर्ने बताएका छन् ।

संबिधानले गरेको ब्यबस्था अनुसार तिनै तहका सरकारहरु बनि सकेको र आवश्यक कानुन समेत बनि सकेकाले भोतिक तथा सामाजिक विकासका क्षेत्रमा विकासको गति बढाउनु पर्ने उनको भनाई थियो । संविधान दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले विहिबार आयोजना गरेको अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले प्रदेश सभाले समेत आवश्यक कानुनहरु निर्माण गर्ने कार्यलाई तिब्रता दिएको बताए ।

स्थानीय,प्रदेश र संघीय सरकारको ध्यान जनताले महसुस गर्ने कार्यमा हुनु पर्ने उनको भनाई थियो । अन्र्तकृयामा बोल्दै संविधानविद टिकाराम भट्टराईले डेडबर्षको अवधिमा ७ सय ५३ वटा तहको निर्वाचन गरेर संविधान कार्यान्वयन भएको नेपालकै पहिलो घटना भएको उनले बताए ।

संबिधानले तोकेको समयमा मौलिक हकका १६ ओटा कानुन समेत बनिसकेकाले अब संबिधान कार्यान्वयको चरण परिपक्व भएको उनको भर्नाइ थियो ।उनले स्थानीय तह राजनिती गर्ने थलो नभएर काम गर्ने थलो भएको बताए । विकासको स्वरुप स्थानीय सरकारबाट देखिन्छ त्यस कारण संबिधानको मर्मले तिब्र विकास होस् भन्ने चाहेको छ,त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारले अब विकासका काम गर्नु पर्छ,कहिकतै बाहाना गर्ने अबस्था छैन ।

संविधानले हरेक जनतालाई प्रश्न गर्ने अधिकार दिएको भन्दै तिनै तहका सरकारलाई के काम भयो ?भनेर प्रश्न गर्नु पर्ने उनको भनाई थियो । अन्र्तकृयममा काठमाण्डौ महानगरपालिकाका कानुन शाखा निर्देशक बसन्त आचार्यले स्थानीय सरकार सञ्चालन ऐनका बारेमा प्रस्ट्याएका थिए ।धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य उमिता बराईली,साबित्री श्रेष्ठ सहित उपमहानगरपालिकाका सल्लाहकार,वडाध्यक्ष,कार्यपालीका सदस्य तथा कार्यपालिका सदस्य सहित स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।