पानवारी । विहानको खाना खाइसकेको मात्र थिए । हरिनगरा भुटाहामा भारतीय मोटरसाइकलमा आएका हतियारधारीले एक जनाको हत्या गरी घुस्कितर्फ भागेको भन्ने सूचना आयो ।

सुचना लगत्तै म थ्रि नट थ्रि राइफल बोकेर घुस्की चोक तर्फ आए । उनीहरु पनि ठ्याक्कै त्यही आइपुगेका रहेछन् । बाइकको पछाडी बसेकोले हतियार कक गरेको रहेछ, ठ्याङ ठ्याङ गोली हान्यो । मैले राइफल बोकेको थिँए, युनिफर्ममा थिए उनीहरुले चिनेर गोली हाने । बजारमा भिड थियो भिडको कारण मैले फायर खोल्न सकिन । मलाई गोली लागेपछि म त होपलेस भइहाले । उनीहरुले ३÷४ राउण्ड फायर गरे तर मलाई २ गोली लाग्यो । कम्मर र तिघ्रामा गोलीले छेडेर निस्केको छ ।