धरान÷ सुनसरीको हरिनगरमा भारतीय अपराधिको गोली लागी स्थानीय एमाले नेता तथा स्थानीय शिक्षासेवी मौलाना खुर्सिद आलम अन्सारीको मृत्यु भएको घटनाको भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सुनसरीले विज्ञप्ति जारी गरेको छ ।

साविक नेकपा एमालेका जिल्ला संयोजक रमेश बस्नेत र साविक नेकपा माओबादी केन्द्रका कावा संयोजक योगेन्द्र प्रसाद मण्डलले विज्ञप्ति जारी गरि अपराधिलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न माग गरिएको छ ।

भुटाहाको ब्यस्त बजारमा भएको घटनामा ४५ मिनेट पछि मात्र प्रहरी पुगेको भन्दै सरकारसँग घटनाको छानविनको समेत माग गरिएको छ ।विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न उच्च स्तरिय छानविन समिती गठन गरि अपराधिलाई कानुनी दायरामा ल्याउनु पर्ने,त्यस क्षेत्रमा शान्ति सुरक्षाको ब्यबस्था मिलाउनु पर्ने,मृतकका परिवारलाई राज्यबाट उचित क्षतिपुर्ति दिई मृतक प्रति सम्मान गर्नु पर्ने माग अगाडी सारेको छ ।

विज्ञप्तिमा घटनालाई अतिरञ्जीत बनाई भड्काउने सम्भावना रहेको भन्दै संयममता अपनाउन समेत अपिल गरिएको छ ।विज्ञप्तिमा घाईने प्रहरी जवानको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।