चन्द्रमामा घुम्न जान इच्छुकहरुका लागि ‘स्पेस एक्स’ एरो स्पेस कम्पनीले नयाँ सुविधा लिएर आएको छ। अब मानिसले चन्द्रमा पैसा तिरेर भ्रमण गर्न पाउनेछन्।

अमेरिकी राज्य क्यालिफोर्निमा मुख्य कार्यालय भएको स्पेस एक्सका कार्यकारी अधिकृत तथा संस्थापक एलन मस्कले चन्द्रमामा भ्रमण गर्न चाहनेका लागि यो उपयुक्त कदम भएको बताए।

स्पेस एक्सले चन्द्रमामा घुम्न जाने इच्छुकका बारे बताएपछि जापानका अर्बपति तथा अनलाइन फेसन कम्पनीका स्थापित उद्योगपति ४२ वर्षीय युसाकु मेजावाले चन्द्रमामा आफू भ्रमण गर्न इच्छुक रहेको बताएका छन्।