धरान/ दुई दिन देखि जारी यातायात बन्द आजबाट सामान्य रुपमा खुलेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हिजो प्रेस बिज्ञप्ति जारी गरि यातायात बन्द बिषयमा मजदुरहरुलाई उत्तेजित बनाउने कार्य नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्ति जारी भएपछि विहिबार विहानबाट छिटफु्ट रुपमा यातायातका साधनहरु चल्न थालेका छन् । धरानबाट पहाडी जिल्ला जाने यातायातका साधनहरु भानुचौकमा यात्रु भर्न थालेका छन् भने धरानबाट कारभिट्टा विराटनगर चल्ने यातायातका साथहरु पनि बसपार्कमा जम्मा भएका छन् ।

सरकारले ल्याएको मुलुकी संहिता संसोधनको माग गर्दै यातायात मजदुरहरुले स्वतस्फुर्त रुपमा यातायातका साधन बन्द गरेको चर्चा चलेको थियो ।