इटहरी/ आगामी असोज १५ गतेदेखि इटहरीमा तेस्रो अण्डर १९ राष्ट्रिय क्रिकेट प्रिमियर लिग प्रतियोगिता हुने भएको छ ।

इटहरी क्रिकेट क्लबको आयोजनामा २०७२ सालदेखि सो प्रतियोगिता हुँदै आएको छ । यस संस्करणमा प्रतियोगितामा पहिलो हुने टीमले नगद १ लाख ११ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यसै गरी उप-विजेता टीमले नगद ५५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा आयोजिक इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले उमेर समुहमा पछिल्लो समयमा घरेलु स्तरमा प्रतियोगिता नभइरहेका बेला यो प्रतियोगिताले खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा हुने प्रतियोगितामा बेष्ट व्याट्स मेनले ५ हजार, बेष्ट बलरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौं, विराटनगर, प्रदेश नम्वर २, भैरहवा कैलाली तथा आयोजक इटहरी क्रिकेटि एकेडेमी टीमको सहभागिता रहने एकेडेमीका प्रशिक्षक सीपी पौडेलले जानकारी दिए । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।