[caption id="attachment_94884" align="aligncenter" width="4128"] पत्रकार लम्साललाई पुरस्कृत गर्दै मन्त्री कार्की ।
तस्विर: ब्लाष्ट अनिल श्रेष्ठ[/caption]

विराटनगर/ पत्रकार गणेश लम्साललाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा विराटनगरमा बुधबार एक समारोहको बिच पत्रकार लम्साललाई पुरस्कृत गरिएको हो ।

लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्कत कार्कीले कदर पत्र दोसल्ला ओढाएर नगद १५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरे । प्रेस चौतारीले मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि ९ जना पत्रकार पुरस्कृत भइसकेको चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रदेश १ को अन्य मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी भएको बताए । उनले विस्तार हुने मन्त्रालयका मन्त्री मण्डल समेत समावेशी हुने जानकारी दिए । प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी गरिएको उनको भनाई छ । ‘मन्त्रालय बढाउने विषयमा संघिय सरकारलाई समेत जानकारी गराएको छौं,’ उनले भने । मन्त्री कार्कीका अनुसार प्रदेशको राजधानी र नाम राख्ने अन्तिम तयारी भएको उनले बताए ।

शिक्षा र स्वास्थ्यको प्रदेश स्तरीय निर्देशनलाय दुई वटा कार्यालय चाँडै स्थपना हुने मन्त्री कार्कीले बताए । ‘धनकुटमा यस कार्यालय राख्निे विषयमा क्याबिनेट बैठकमा समेत निर्णाय भएको छ,’ मन्त्री कार्कीले भने, ‘यसै सातामा शिक्षा र स्वास्थ्यको प्रदेश स्तरीय कार्यालय खुल्नेछ ।’ कार्यालय संचालनमा आएपनि स्थानिय स्तरबाट जनताले सेवा प्रदान गर्ने उनले बताए ।