[caption id="attachment_94877" align="alignnone" width="1024"] MATO 2[/caption]

पाँचथर/ नेपाली कथानक चलचित्र ‘माटो–१’ पछि बन्न लागेको ‘माटो–२’ को छायाङ्न पाँचथरदेखि सुरु भएको छ । चलचित्रमा समावेश गरिने ‘सपनाहरु पोखिन्छन् ...’ बोलको गीतको पाँचथरको साधुटार, पौवाभञ्ज्याङ क्षेत्रमा छायाङ्कन गरिएको हो ।

उक्त गीतमा जानु काम्बाङ लिङदेनको शब्द, हरि लम्सालको संगीत र मेलिना राईको स्वर रहेको छ । गीतको कोरियोग्राफ नरेन्द्र लोहोरुङले गरेका छन् । गीतबाट छायाङ्कन प्रारम्भ गरिएको चलचित्रलाई नेपालसँगै युके र मलेसियामा समेत छायाङ्कन गरिने लेखक–निर्देशक मित्र लिङदेनले बताए ।

माता पाथीभरा फिल्मस प्रालिका लागि निर्देशक लिङदेनसँगै पारश शर्मा र खगेन्द्र सुहाङले निर्माण गर्ने ‘माटो–२’ को लागत एक करोड अनुमान गरिएको छ । चलचित्रमा दिनेश सुब्बा, हरि लम्साल र उज्वल थेवेको संगीत, नरेश चौधरीको छायाङ्कन रहेको छ ।

राष्ट्रियता, पहिचान, साँस्कृतिक प्रेम र वैदेशिक रोजगारीले निम्त्याएका समस्यालाई बिषयवस्तु बनाइएको ‘माटो–२’ मा मित्र लिङदेन, हिरोजन तुम्बाहाम्फे, कल्पना गुरुङ, पारश शर्मा, रञ्जु लिम्बू, विपाशा लिम्बू, विप्लव लिम्बू र सोनिया लिम्बू लगायतको अभियन रहनेछ ।