धरान/१ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा मङगलबार र बुधबार यातायातका साधनहरु चलेका छैनन । सडकमा बन्दकर्तापनि देखिएका छैनन् ।बन्दको पुर्व सुचना र आह्वानकर्ता समेत स्पस्ट खुलेका छैनन् ।

यसरी भएको आन्दोलनका कारण यात्रुहरुको विचल्ली भएको छ भने किसानहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन समेत विच वाटोमै थन्किएको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा बनाउने घोषणा गरेका पक्षबाट बन्द भएको भन्ने हल्ला चलेपनि कुनैपनि राजनैतिक दल वा समुहले बन्दको कार्यक्रम नराखेको पाइएको छ ।

कतिपयले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको अनुगमान गरेका छन् । तर उक्त समुहको बन्दको कार्यक्रम रहेको सुचना कुनै सञ्चारमाध्यमसँग छैन । यो बन्द त हल्लै हल्लामा भए जस्तो छ धरानकाके भानुचौकमा भेटिएका तेह्थुम बसन्तपुरका राजु खड्काले भने ।संविधान जारी भएकै दिन जनताको अधिकार खोसियो,सरकार संबेदनशील देखिएन उनले भने ।

बन्दकर्ताहरुलेपनि पुर्व सुचना दिएर बन्द गरेको भए सर्बसाधरणले सास्ती खेप्नु पर्ने थिएन,उनले भने सार्वजनिक रुपमै सरकारसँग माग राख्ने अधिकार छ,किन बन्द आह्वान गर्नु पर्यो ?बन्द भोली (विहिबार) पनि जारी हुने वा नहुने हो टुङगो नभएका कारण सर्वसाधरण अन्योलमा परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सीनाका अनुसार बन्द यातायात चालकहरुले स्वतस्फुर्त रुपमा गरेको जानकारीमा आएको बताए । सरकारले सिण्डीकेट हटाएपछि असन्तुष्ट भएका पक्षहरुले आफै बन्द गरेको सुचना आफुले पाएको उनले बताए । औपचारीक जानकारी केही नआएको उनले बताए ।