चक्रघट्टी । वराहक्षेत्र नगरपालिकाले संविधान दिवसलाई तीन दिन मनाउने भएको छ । मङ्गलबार बिहान सरसफाइ र तीनदिनसम्म साँझ दीपावली गरिँदैछ । महेन्द्र गेटदेखि मुनाल चोकहुँदै बसपार्क, नगरपालिका गेटसम्मको सडक सरसफाइ गरिएको हो । साँझको समयमा प्रत्येक वडा कार्यालयमा दीप प्रज्वलन गरी मनाइएको नगरपालिकाका सूचना अधिकारी पुकार पोखरेलले जानकारी दिए । आज (बुधबार) बिहान ७ बजे ब्यानर तथा झाँकीसहित प्रभातफेरी, ‘नेपालको संविधान’ विषयक कविता गोष्ठी र परिसंवाद कार्यक्रम सञ्चालन, ४ बजेदेखि जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल, वृक्षरोपण र साँझमा सबै कार्यालयमा दीपावली गरिने प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले बताए । दिवस मनाउन २१ सदस्यीय मूल कमिटी गठन गरिएको अधिकृत दाहालले बताए ।