मधुमल्ला/ मोरङको मिक्लाजुङ गउँपालिका वडा नं. ९ अवस्थित मनकामना आधारभुत विद्यालयलाई ५ थान सिलिङ पंखा र विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा पंखाको अभावमा दुःखपूर्ण तवरले अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई शितलता दिलाउने उदेश्यले पंखा वितरण गरिएको हो । मिक्लाजुङ युवा मञ्चको संयोजनमा विभिन्न दाताहरुलाई सहयोगको आह्वान गरी पंखा संकलन गरिएको मिक्लाजुङ युवा मञ्चले जनाएको छ । आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई पंखा हस्तान्तरण गरिएको मिक्लाजुङ युवा मञ्चका संयोजक बिनोद दर्नालले बताए । मनकामना आधारभुत विद्यालयमा आर्थिक अभावका कारण पंखा अभाव रहँदै आएको थियो । गर्मी समयमा विद्यार्थीहरुलाई सहज रुपमा पठन-पाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले पंखा वितरण गरिएको मिक्लाजुङ युवा मञ्चका अभियान्ता प्रवेश कुवंरले बताए । साथै सोही विद्यालयमा अध्ययन गर्ने विद्याथीरहरूका लागी शैक्षिक सामग्री कापी, डट र खेलकुद समाग्रीहरु फुटबल १ थान , भलिबल १ थान र केही थान व्याडमिटन वितरण गरीएको थियो । मिक्लाजुङ क्षेत्रका विविध प्रकारका समस्याहरुमा सहयोग पुर्याउने उद्धेश्यले मिक्लाजुङ युवा मञ्च गठन गरिएको र निरन्तर रुपमा अन्य विद्यालयहरुलाई समेत सहयोग गर्ने योजना रहेको युवा मञ्चका सदस्य गोपाल नेपालीले बताए ।

पंखा तथा शैक्षिक सामग्री वितरणले विद्यालयलाई राहत साथै अभिभावकहरुलाई समेत हौसला पुर्याएकोमा खु:शी व्यक्त गर्दै यस प्रकारको कार्यक्रम मिक्लाजुङका लागी सराहनीय कार्य भएकोले सहयोगीहरुलाई मिक्लाजुङ गा.पा. शिक्षा अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी कासीनाथ ढकालले खुसी व्यक्त गरेका थिए ।  विद्यालयलाई पंखा हस्तान्तरणले राहत मिलेकोले सहयोगी मनहरुलाई विद्यालयको तर्फबाट वि.व्य.स. संस्थापक अध्यक्ष बाल कृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गरे । सोही कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष सोमनाथ अधीकारीलेले विद्यालयमा शुद्ध पिउने पानीका लागी १ थान फिल्टर को सहयोग गरेका छन् ।