रङ्गेली । प्रदेश सभा बैठको शुन्य समयमा बोल्ने अधिकांस सासदले कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई सरकारले न्याय दिलाउन नसकेको भन्दै आक्रोस पोखेक छन् । प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद लिला सुब्बाले ५३ दिन विति सक्दा पनि कञ्चनपुरकी निर्माला पन्तको हत्यामा सरकारले के गरी रहेको छ भन्दै प्रश्न गरेकी थिइन । उनले देशमा भइरहेको महिला हिंसा, हत्या बलात्कारले समृद्ध नेपाल बनाउने पर्खाल,पिलर चर्केको मात्र छैन भत्की सकेको बताइन । निर्मालाको हत्यारा पत्ता लाग्न नसक्नुमा दुख व्यक्त गर्दै सांसद विष्णुमाया तुम्बाहाम्फेले राज्यनै अपराधिलाई संरक्षण गर्न लागे पछि यस्तो अवस्था आउने बताइन । उनले महिला राष्टूपति भएको देशमा महिला नै हिंसा र बलत्कारको सिकार भइरहेको बताइन । महिला,दलित र पिछडिएको समुदायमा जबसम्म खुसि आउदै तब सम्म सुसान कायम नहुन धारणा राखिन । संघियता ल्याएर सुख र शान्ति पाउछौ भनीरहेको बेलामा महिला हिंसा र हत्या बढेको दुखेसो पोखिन । निर्माला पन्तको हत्यारालाई सरकाले अहिले सम्म समात्न नसक्नु दुखद भएको अभिव्यक्ति दिइन । उनले तत्कालीन अवस्थामा रहेका कञ्चनपुरका प्रहरी प्रमुखलाई नै हिरासतमा मात्र नष्ट गरिएका प्रमाणहरु पत्ता लागाउन सकिने धारण राखिन । हत्यारा पत्ता लाग्न नसक्नु प्रति राष्टूपतिले समेत दुख व्यक्त गरेको उनले बताइन । सांसद चुमनारायण तवदाले निर्माला हत्या काण्डका दोसिलाई कारवाहिको माग गरे । बैठकको शुन्य समयमा ५ जना प्रदेश १ का सांसदहरुले बोलेका थिए । जसमा ४ जना सांसदले निर्मालाको हत्यारालाई कारवाहिको माग गरेका थिए । सोमबार दोस्रो दिन पनि प्रदेश सुसानको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो ।