सिरहा । जिल्ला सिरहाको सुखिपुर नगरपालीकामा विद्यालय उमेरका सबै बालबालिका विद्यालय बाहिर नरहुभन्ने उदेश्य सहित सरकारले भदौ महिनालाई विशेष विद्यार्थीलाई भर्ना अभियानको रुपमा घोषणा गरेको भएपनि सिरहामा अभियानले गति लिन सकेको छैन । आधारभुत विद्यालय, सुखिपुर नगरपालीका वडा नम्बर ७ बलही भन्ने गाँउमा कक्षा तीन सम्म पठनपाठन हुने विद्यालयमा कक्षा २ र ३ मा जम्मा उपस्थित ३ जना विद्यार्थी । जसमध्य दुई कक्षाका १ र तीन कक्षा २ जना विद्यार्थी रहेका छन्

विशेष भर्ना अभियानको समय सकिनै लाग्दा समेत कतिपय विद्यालयलाई भर्ना अभियनबारे जानकारी समेत छैन । आधारभुत विद्यालय, सुखिपुर नगरपालीका वडा नम्बर ७ बलहीका प्रधानाध्यापक आनन्द कुमार सिंहले आफूलाई विशेष भर्ना अभियानबारे केही जानकारी नभएको बताए ।

नगरपालीकाका शिक्षा शाखाका प्रमुख तथा विद्यालय स्रोत व्यक्ति राजकिशोर दासले विशेष भर्ना अभियान जुन रुपमा हुनुपर्ने त्यसअनुसार हुन नसकेको स्वीकार गरे । उनले कर्मचारी अभाव र जनप्रतिनीधिमा उचित बुझई नहुँदा भर्ना अभियनले गति लिन नसकेको सुनाए । उनले भने, ‘शिक्षा शाखामा म एकलै छु, प्रशासनिक काम पनि गर्नु पर्ने र विद्यालयहरुमा पनि आफै पुग्नुपर्ने अकोतिर जनप्रतिनिधीहरुले पनि यो अभियनलाई ठिक ढंगले बुझ्न नसक्दा भएकाले अभियन भनेजस्तो हुन सकेको छैन ।’

भदौमा विशोष भर्ना अभियान चलिरहेको पनि मलाई थाहा छैन, ‘नगरपालीको शिक्षा शाखाबाट पनि विशेष भर्ना अभियानबारे कुनै जानकारी नै आएको छैन भन्दै प्रअ सिंहले भने, हामीले बैशाखकै भर्ना अभियनमा ६ जना बाल विकास केन्द्रमा र ५ जना कक्षा एकमा भर्ना गर्यौ, त्यसपछि कुनै सुचना पनि आएको छेन, भर्ना पनि गराएका छैनौं ।’