पथरी । पथरीशनिश्चरे र कानेपोखरीका संस्थागत बिद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा बिबिध कार्यक्रमको आयोजनागरी मनाएका छन् । पथरीशनिश्चरे–२, मा स्थापीत रेडस्टार अग्रेजी माध्यमिक बिद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन् । कार्यक्रमा विद्यार्थीहरुले नृत्य, गायन, निबन्ध लेखन, हिज्जे लेखन, सामानय ज्ञान, आन्तरिक सदन बक्तीत्व कला, चित्रकलाको लगाएत प्रतियोगिता गराएका थिए । विद्यालयले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुको प्रतिभा प्रस्पुटन गराउने उद्ेश्यका साथ साथै बालअधिकारको हनन् कसरी हुन्छ, भन्ने जनचेतना मुलक नाटक समेत बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए । बालवालिकाको अधिकारका वारेमा सवै सरोकारवाल पक्षले जानकारी राख्दै कुनै पनि क्षेत्रमा बालबालिकाको आधारभुत अधिकारहरु हनन् भईरहेको पाईएमा सोको खोजी गरि त्यस्ता आधारभुत अधिकार बाट बञ्चित भएका बालबालिकालाई सहजता प्रदान गर्नु अभिभावकको दायीत्व भएको बिद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले बताए ।कार्यक्रममा बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कानेपोखरी–६,मा स्थापीत जेनिथ इङ्लिस स्कुलले बिबिध कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएका छन् । शैक्षिक सत्र २०७५को प्रथम त्रैमासिक परीक्षामा प्रथम,द्धितीय र तृतीय हुनेलाई शैक्षिक सामाग्रीको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नृत्य,हेनराइटिङ,डोइङ,हाजिरिजवाफ लगाएत प्रतियोगिता गराएका थिए । प्रतियोगीतामा प्रमथ,दोस्रो र तेस्रो हुनेलाई पुस्कार वितरण गरिएको थियो ।

त्यसैगरी पथरीशनिश्चरे १,मा स्थापित अन्नपुर्ण अंगे्रजी माध्यमिक विद्यालयले उर्लाबारीे नगरपालिका –७, मा रहेको नमुना बाल गृहमा रहेको बालबालिकालाई कपडा बितरण गरेको छ । कक्षा –१० मा अध्ययनरत २४ जना छात्रछात्राले आफनो टिफिन खाजावापतको दुई महिनाको १५ हजार मुल्य बराबरको कपडा बितरण गरेको हो । त्यसैगरी आरोग्य राज गुरुङको जन्मदिनको अवसरमा गृहलाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । यस्तै विद्यालयको तर्फबाट हार्मोनियम हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल दिनेश बरालले बालवालिकाको यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने बताएका छन ।

त्यसैगरी पथरीशनिश्चरे नगरपालीका–१० रहेको बाल नमुना विध्या मन्दिरले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुलाई बिभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागिता गराएको थियो । कार्यक्रमको सुरुवात ह्याप्पी चिल्डेन डे लेखिएको केक काटेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर वहादुर घिमिरे र स्कुलका प्रिन्सिपल सरोज तिम्सिनाले गरेका थिए । स्कुलका सानासाना नानिहरुले नृत्य, कविता, विभिन्न खेलहरु प्रस्तुत गरेका थिए ।