धनकुटा । सार्वजानिक यातयात व्यावसायमा कोही कसैवाट ठगिने वातवरणको पुर्णरुपमा अन्त्य हुनुपर्ने शुक्रवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सरकारले सेन्टीगेटको अन्त्य गरेपनि फेरी पनि घुमाउरो पाराले विभिन्न वहानामा छुट्टै नाम दिएर सेन्टीगेटकै भाकामा यातयात व्यावसाय संचालन गर्न नहुने सुझाव दिएका छन् । युनाईटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेण्ट प्रा.लि.काठमाण्डौंको आयोजनामा शुक्रवार धनकुटाको हिलेमा आयोजित सवारी संचालन तथा दुर्घटना व्यावस्थापन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरु यस्तो जोड दिएका हुन् । सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ सांसद निरन राईले सेवा सुविधा दिने नाममा सेन्टीगेटले जस्तो सरकारलाई नै चुनौती दिने खाल्को संगठन अव निर्माण गर्न नहुने सुझाव दिए । उनले यातयात व्यावसायलाई दिगो व्यवस्थित् वनाउन निजि, सरकारी र सहकारी मिलेर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । सो अवसरमा कार्यक्रमका विशेष अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यातयात क्षेत्रमा सदियौं देखी देखिदै आएको वेथिति पुर्णरुपमा अन्त्य हुने पर्नेमा जोड दिएका छन् । यातयात मजदुरहरुको हितमा काम हुनु पर्नेमा जोड दिदै प्रमुख तामाङले सेन्टिगेट हटेर फेरी पनि घुमाउरो पाराले प्रा.लि. नयाँ नाम दिएर आउन नहुने वताए । साथै उनले भलाई कोष पनि भन्ने र इन्स्युरेन्सको जस्तो आचरण संस्थाले देखाउँदा सर्वसाधरणमा अन्योल्ता सृजना हुने पनि दावी गरेका छन् । त्यसैगरी उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले सनकको भरमा सार्वजानिक सवारी साधन चलाउन दिन नहुने वताए । सवारी साधन कुदाउने चालकलाई पुर्णरुपमा तालिम प्राप्त र जिम्मेवार वनाउनु पर्नेमा अध्यक्ष घिमिरेले जोड दिए । उनले अहिलेसम्म यातयात व्यावसायी छाडा भएका थिए अव प्रा.लि.मा गए पछि सरकारलाई कर तिरेर जवाफदेही भएर काम गर्नु पर्नेमा जोड दिए । पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईले भलाई कोषमा दर्ता शुल्कको नाममा शुल्क लिने भन्दा पनि शेयरको रुपमा रकम जम्मा गरे यातयात व्यायसाय भरपर्दो र दिगो हुने धारणा राखे । अर्का धनकुटा यातयात व्यावसायी प्रा.लि.का अध्यक्ष दिनेश राईले युनाईटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेण्ट प्रा.लि.ले दुर्घटना व्यावस्थापन सम्वन्धि कार्यक्रम त ल्याउनु भो तपाईहरुसंग पुँजी कति छ भनेर प्रश्न गरेका थिए । अर्का यातयात व्यावसायी धनकुटाका होम रायमाझीले दुर्घटना व्यवस्थापनको नाममा खुल्ने जति संस्थाहरुले जुँगाको लडाई गरिरहेको आरोप लगाए । उनले आफु तेह्रथुम काठमाण्डौं, काठमाण्डौं तेह्रथुम गाडी चलाएको वर्षौ भयो तर दुर्घटना हेर्ने संस्थामा पहुँच पु¥याउन भित्र भित्र सकियो भने सुविधा पाईनछ तत्र भने हेरेको हेरेकै हुने वताए । उनले २ वर्ष अघि य्नाईटेडमा आवद्ध गाडीले आफ्नो गाडी ना.५ ख. ९७९ लाई चितवनमा हानेको थियो भन्ने वित्तिकै क्षतिपुर्ति नपाएको गुनासो गरे । रायमाझीले २ महिना पछि वल्लबल्ल धाउँदा धाउँदा पाएको वताए । युनाईटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेण्ट प्रा.लि.का संचालक समितिका अध्यक्ष प्रेमवहादुर विष्टको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.१ हिलेका वडाध्यक्ष निरेन तामाङ, संचालक समितिका सदस्यविष्णु खत्री, मेची संयोजक विष्णु सिटौला लगायतले वोलेका थिए । सो अवसरमा सहभागीको जिज्ञासा मेटाउँदै संचालक समितिका सदस्य विष्णु खत्रीले दुर्घटनामा परि पिडित भएका व्याक्तिलाई उचित क्षतिपुर्ति पाउनु पर्छ भन्ने संस्थाको उदेश्य रहेको वताएका छन् । आ.व.०७३÷०७४ देखी संचालनमा आएको संस्थाले ९ सय भन्दा वढी दुर्घटनाको व्यावस्थापन गर्न १३ करोड धन खर्च गरिसकेको वताए । सो अवसरमा उनले धनकुटाको हिलेमा संस्थाको २२ औं शाखा स्थापना गर्न लागीएको वताए । हाल संस्थामा ३ हजार, ६ सय सवारी साधन आवद्ध रहेको वताइएको छ । कार्यक्रमको संचालन पत्रकार टिकाराम नेतीले गरेका थिए ।