रङ्गेली । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले अहिले नै आतिनु पर्ने निरास हुनु पर्ने अवस्था नभएको बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश १ को विराटनगरमा शुक्रबार भएको १२ औ महाधिवेसनको उद्घानमा बोल्दै उनले संघियता अभ्यासको पहिलो चरणमा रहेकोले अभ्यस्त हुन केहि समय लाग्ने बताए । मुख्यमन्त्री राईले तिन तहको सरकारको विचमा समन्वय कायम हुन समय लाग्ने भएकोले जनतालाई नअतालिन अग्रह गरे ।

तिन तहको राजनैतिक संरचना तयार गरेर अवश्यक कानुन र संरचनाहरु खडा गरेर सबैलाई संघियता अनुसार रुपान्तरण गरेर पाइला चाल्ने आन्तरीक तयारीमा जुटेको खुलासा गरे । उनले त्यसपछी समृद्धिको यान्त्रालाई फटाफट अगाडी बढाउन सकिने जिकिर गरे । समृद्धिको यात्रामा निर्माण व्यवसायी सँग हातेमालो गरेर मात्र अगाडी बढने उनले बताए ।

मुख्यमन्त्री राईले राजनैतिक नेतृत्व मात्र रुपान्तरीत भएर हुदै प्रसासनतन्त्र,राज्यका सम्पुर्ण निकाय सँगै नागरीक सबै संविधानको मर्म अुनसर बदली आवश्यक रहेको बताए ।

वर्तमान संघिय सरकार अन्तरगतका सरकारहरु जान्छन की भन्ने भ्रमलाई हटाउन उनले सबैलाई आग्रह गरे । ‘न संघिय सरकार जान्छ,न प्रदेश सरकार जान्छ,’ उनले भने ‘म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु,त्यस्तो स्थिति कुनै पनि हालतमा बन्न सक्दैन ।’ उनले अहिलेको सरकारले परिवर्त गरेर जनतालाई देखाउने दावि गरे ।

विगतका त्रुटिहरुलाई स्विकारदै उनले विगतमा राज्यलाई बलियो बनाउन राजनैतिक नेतृत्वले नसकेको बताए । देशमा धेरै राजनैतिक परिवर्तन भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको बरु सबैले देशलाई खोक्रो बनाउने काम मात्र गरेको जिकिर गरे । सबैले इमान्दारी पुर्वक काम गर्न नस्कदानै राज्यले यस्तो हालत भोग्नु परेको जिकिर गरे । उनले अहिले सम्मको बजेटको प्रतिफल खोइ ? भन्दै प्रति प्रस्न गरे ।

मुख्यमन्त्री शेरधन राइले ऐतिहासीक अवस्थामा भएकोले अहिले पनि परिवर्तन गर्न नसके कहिले गर्नु ? प्रश्न सँगै उनले राज्यलाई ढाटने,ठग्ने अनुमती कसैलाई नभएको जिकिर गरे । अब ठग्ने व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको उनले औल्याए ।