श्री शालिवाहनीय शाके १९४० वि.स २०७५ साल ने संं. ११३८ भाद्र २९ गते शुक्रबार, सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षकाे पञ्चमी तिथी १७:३१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सुर्याेदय ५:४९ र सुर्यास्त ६:८ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) लामो समयदेखि रोकिएका कार्यहरू सहजै सम्पन्न होलान् । पारिवारिक सहयोग मिल्ला । प्रेमपक्ष भने कमजोर छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा शान्ति र अनुहारमा कान्ति फैलिने छ । काममा सफल भइएला । आर्थिक पक्ष सुध्रिएर जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिश्रम गरे धनार्जन बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । वैदेशिक कार्यका झमेलाको अन्त्य होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयर बजारको कारोबार राम्रै रहला । नया“ नया“ काम गर्ने जोश, जा“गर बढेर जानेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवनमा सफलता प्राप्त होला । पशुचौपायको आम्दानी बढेर जाला । अध्ययन क्षेत्र सामान्य छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा होला । आफ्नो विचारको विपरीत निर्णय होला । साझेदारीका काममा भने अनावश्यक झमेला खेप्नु पर्ला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नया“ कार्यको थालनी होला । विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्रा होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा सफलता प्राप्त हुनेछ । आमा वा दिदीको स्वास्थ्यको समस्याले चिन्ता बढेर जाला । प्रेमीबाट सहयोग प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) लाभदायक यात्राको योग देखिन्छ । नजिकैका व्यक्तिबाट आ“टेको काममा सफल भइएला । पढाइ लेखाइमा प्रगति हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धातु तथा तत्जन्य व्यवसायको लगानीमा समस्या देखा पर्ला । औद्योगिक क्षेत्रप्रतिको चासो बढेर जाला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कृषि तथा कृषिजन्य व्यवसायमा घाटा होला । नौलो विषयको ज्ञान प्राप्त होला । दाम्पत्यजीवन सफल रहला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) चिठ्ठा वा असामान्य उपहार प्राप्त होला । नया“ कार्यको योजना बन्नेछ । प्रेममा बाधा साथै मन कमजोर होला ।