विराटनगर ।  ३८ क्वीहटल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा मोरङ अदालतको आदेश उल्टयाउन माग राख्दै १७ नम्बर गरेका निलम्बित डिएसपी सन्जयबहादुर थापालाई उच्च अदालत विराटनगरले जिल्ला अदालतकै आदशेलाई सदर गरेको छ । उच्च अदालतको तीन नम्बर इजलासमा न्यायाधिशद्धोय तीर्थ बहादुर कार्की र हरी प्रसाद भण्डारीले बिहीबार जिल्ला अदालतको आदेशलाई सदर गरेका हुन् । जिल्ला अदालत मोरङका न्यायाधी नारयण प्रसाद शर्माले जेठ ८ गते डिएसपी थापासहित २८ जनालाई पुर्पक्षको लाथि थुनामा राख्न आदेश दिएका थिए । तर, अभियुक्त थापाले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । सुन र हत्या मुद्दामा बुधबार २५ थान मुद्दाको पेशी चढेको अदालतको सूचना अधिकारी राजनकुमार दाहालले जानकारी दिए । जसमध्धे ४ जनाको मुद्दा प्रतिवादी वलिकहरुले निवेदन दिएर स्थकित गराएका थिए भने २० थान मुद्दा समय अभावले हेर्न नभ्याएको अदालतले जनाएको छ । यस अघि अभियुक्त्तहरु तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ । एयरलायन्स कर्मचारी थारुलाई मंगलबार र मुख्य अभियुक्त्त चुडामणी उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो । दुवै अभियुक्त्तहरु मोरंग जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन् ।