इटहरी/वार्षिक एक अर्ब ३० करोड बढि राजश्व संकलन गर्ने कोशी अञ्चल यातायात व्यवस्था कार्यलय (सवारी) अहिले लथालिङ्ग अवस्थामा छ । कार्यलयमा नियमित कार्यलय प्रमुख नबस्दा अहिले प्रदेश सरकारकै धेरै राजश्व उठाउँने कार्यालय लथालिङ्ग हुदै गएको हो ।  एक वर्ष अघि यातायात कार्यालय कोशी (सवारी) मा राजश्व बापत उठेको करोडौँ रकम बैँक तिन जना उपसचिव सहितका कर्मचारीहरुले हिनामिना गरेका थिए । ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा दायर भएको थियो । तर वार्षिक एक वर्ष ३० करोड राजश्व उठाउँने कार्यलय नै कार्यलय प्रमुख विहिन जस्तै छ ।  २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट उठेको राजश्व जम्मा नगरी अनियमितता गरेको प्रमाण भेटिए पछि मुद्धा दायर भयो । एउटैको नाममा पटक–पटक इन्ट्री गरेर रसिद निकाल्ने तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको पुष्टि भएको थियो । करीब ९० हजार फाईल लथालिङ् अवस्थामा छ । को १ देखि को १२ सम्मका महत्वपूर्ण सवारीका फाईलहरु कामै नलाग्ने अवस्थामा फालेर राखेको कर्मचारीहरु नै स्विकार गर्छन् ।

यता दुईवटा कार्यालको प्रमुख सम्हाल्दै आएको कृष्णप्रसाद भुषासले भने फाईलहरु भेट्न केहि समस्या हुने बताए । उनले आफ्नै भवन नहुदा व्यवस्थापनमा समस्या परेको बताउँदै व्यवस्थापन राम्रो बनाउँन आफु लागेको बताए । आफैले दुई तिरकै कार्यलय हेर्नु परेको सुनाउँदै भुषालले भने म कार्यलयलाई राम्रो बनाउँन लागिरहेको छु ।