ब्लाष्टखबर । हरितालिका तिजको अवसरमा धरान फिटनेस क्लव द्धारा आयोजित डिएफसी तिज स्पेसल कार्यक्रममा मिस तिजको उपाधि रोजि ताम्रकारले चुमेकि छन । अमान बजारमा रहेको क्लवको शाखा फिटनेस हलमा मंगलवार आयोजित तिज कार्यक्रममा सहभागि पचास जनालाई उछिन्दै ताम्रकारले उपाधि हात पारेकि हुन ।

उनले क्राउन, ट्रफि र पिपलसप गिफ्ट ह्याम्पर हात पारिन । उनलाई डिएफसिका प्रोपराइटर तथा पुर्व मिस कोशि कृति श्रेष्ठले क्राउन पहिराइदिएकि थिइन भने कार्यक्रमका प्रमुख अतिथी युवा महिला व्यवसायी तथा पिपलसपका प्रो. कविता लिम्वुले ट्रफि तथा गिप्ट ह्याम्पर हस्तान्तरण गरेका थिए ।

विजेता ताम्रकार युवा महिला व्यवसायी तथा वुमन वर्थ गु्रपका कोषाध्यक्ष समेत हुन । त्यस्तै गरि वेस्ट हेयर अवार्ड काजोल श्रेष्ठ र वेस्ट डान्स अवार्ड टिका श्रेष्ठले हात पारेकि छन । विशेष गरेर महिलाहरुको पर्व तिज मनाउदै आफुमा भएको प्रतिभा देखाउने अवसर प्रदान गर्ने उद्धेश्य रहेको आयोजक डिएफसीका प्रो. कृति श्रेष्ठले जनाइन ।

कार्यक्रममा सहभागि महिलाहरुले नृत्य र गित गाएर उपस्थितीलाई मनोरञ्जन गराउदै प्रस्तुर्ति दिएका थिए । कार्यक्रममा निर्णायकको भुमिकामा डिस्ट्रिक जिएसटि कोअर्डिनेटर लायन धिरज गुरुङ्ग, एरोविक प्रशिक्षक रेखा गुरुङ्ग र जुम्वा प्रशिक्षक वविता मगर रहेका थिए ।